coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

लोडसेडिङ अन्त्य प्रचण्ड र जनार्दनले गरेका हुन् : वर्षमान पुन

फाइल तस्वीर

पूर्व उर्जामन्त्री तथा नेकपा नेता बर्षमान पुनले लोडसेडिङको अन्त्य गर्ने श्रेय लिन कसैले भन्दै हिंड्नु नपर्ने बताएका छन् ।  

लोडसेडिङ अन्त्य कसरी र कस्को पालोमा भयो भन्ने सबैले बुझिसकेकाले मैले लोडसेडिङ अन्त्य गरे भन्दै भाषण गर्नु नपर्ने बताए । ‘लोडसेडिङ अन्त्य भएको बारे भाषण गर्दै हिंडेको देखेको छु, उनले उर्जामन्त्री टोपबहादुर रायमाझी तिर इंकित गर्दै भने, ‘सबैलाई थाहा भएको कुरा भन्दै हिंडेर फेरिने होइन ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कमिटी अर्घाखाँचीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पुनले लोडसेडिङ टोपबहादुर रायमाझीले नभई प्रचण्ड प्रधानमन्त्री र जनार्दन शर्मा उर्जामन्त्री भएको बेला अन्त्य भएको बताए । कुलमानलाई पनी उहाँहरुकै पालामा नियुक्ती गरिएको उनको भनाई छ ।  

उर्जामन्त्री टोपबहादुर रायमाझीको गृहजिल्लामै आएर पुर्व उर्जामन्त्री पुनले विद्युत उत्पादन बढी भएका बेला समेत लोडसेडिङको तालिका सर्वजनिक हुनु दुखद् रहेको बताएका छन् ।  

फरक प्रसंगमा कुरा गर्दै उनले ओली समुहलाई मुलधारमा आउन आग्रह गरेका छन् । समुह बोकेर अरुलाई गाली गर्दैमा पार्टी नचल्ने भन्दै उनले बहुमत प्रचण्ड–माधब तिर रहेकाले मुलधारमा आएर राजनिती गर्न सुझाव दिए ।  

प्रधानमन्त्री ओलीको कदम राजा महेन्द्र र ज्ञानेन्द्रको भन्दा पश्चगामी रहेको धारणा राखे । ओलीले भएको दुईतिहाई र स्थाई सरकार ढालेर स्थायित्व र ताजा जनमतको कुरा गर्न नसुहाउने पनी उनको भनाई छ ।    

कार्यक्रममा पुर्व सभामुख ओनसरी घर्तीले प्रधानमन्त्रीको हुकुमी सासनका कारण यो अवस्था आईपुगेको बताईन् । उनले संविधानमा हुँदै नभएको व्यवस्था प्रयोग गरेर प्रधानमन्त्रीले आफुलाई संविधान भन्दा माथी ठानेको आरोप लगाईन् । संसद विघटन गर्ने कुनै प्रावधान नरहेकाले कानुनतः यो स्वतः खारेज हुने उनको भनाई छ ।  

कार्यक्रममा नेकपा स्थाई कमिटी सदस्य एवं लुम्बिनी प्रदेश ईन्चार्ज युवराज ज्ञवाली, नेता डिलाराम आचार्य, पिताम्बर भुसाल, ठाकुर गैर, पिताम्बर सारु, सुशिला श्रिपाली, प्रेमनारायण गैरे लगायतले बोल्दै ओलीको प्रतिगामी कदमका विरुद्ध एकजुट हुन आव्हान गरेका छन् ।  

प्रकाशित: १७ माघ २०७७ ०९:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App