८ वैशाख २०८१ शनिबार
राजनीति

केपी ओलीको हस्ताक्षर भएकालाई मात्र निर्वाचन आयोगले चिन्छ : ईश्वर पोखरेल

फाइल तस्वीर

उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचन आयोगले केपी ओलीको हस्ताक्षर भएको टिकट लिएर आउने उम्मेदवारलाई मात्र चिन्ने बताएका छन् । नेकपाको दुवै पक्षले आफूलाई आधिकारिक भनेर दाबी गरेकोमा दुवैको दावी नपुग्ने निर्वाचन आयोगले जनाएको बेला उपप्रधानमन्त्री पोखरेलले सूर्य चिन्ह ओली नेतृत्वकै नेकपाको बताएका हुन् ।  

सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेकै नेकपाको हुने पोखरेलले विहीबार सुनसरीको दुहवीमा नेकपा ओली पक्षको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्वोधन गर्दै बताएका हुन् ।  

उनले ओलीलाई लगाएको आरोप पत्र फिर्ता लिएर चुनावमा आए पार्टी एकता हु सक्ने बताए ।  ‘राजनीतिक रुपमा ‘कु’ गरेर अस्थिरता सुरु गर्ने अस्थिरतापूर्ण कार्य हुन लागेकाले त्यसकाविरुद्ध ताजा जनादेशमा जानुपरेको जिकिर गरे ।  

कार्यक्रमलाई  प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्ताव असफल हुनेमा ढुक्क हुने जिकिर गरे । ‘प्रचण्ड(माधव समूहले केन्द्रमा पार्टी र राजकीय सत्ता कब्जा गर्न नसकेपछि प्रदेश कब्जा गर्न खोजेका हुन,’ उनले भने, ‘प्रदेश कब्जा गर्ने रणनीति पनि असफल बनाइनेछ ।’  

प्रकाशित: १५ माघ २०७७ १४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App