coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पारित हुने प्रचण्ड–माधव समुहको दाबी

तस्बिर : चुमन बस्नेत /नागरिक

प्रदेश १ को प्रदेश सभामा दर्ता भएको मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव पारित हुने प्रचण्ड–माधव पक्षका नेता तथा नेकपाका प्रदेश इन्चार्ज  भीम आचार्यले दाबी गरेका छन् । बुधबार विराटनगरमा समसामयिक राजनीतिक विषयमा आयोजित पत्रकार सम्मेलमा आचार्यले प्रदेशसभामा दर्ता भएको मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित हुने दाबी गरेका हुन् ।  

आचार्यले अविश्वासको प्रस्ताव दर्ता गर्दा हस्ताक्षर गरेका केहि सांसदले हस्ताक्षर फिर्ता लिए पनि तथस्ट बसेका सांसदहरू र प्रतिपक्षी दललले आफूहरूलाई सहयोग गर्ने बताए । ‘तथस्टसांसदको साथ र प्रतिपक्षी दलको सहयोगबाट अविश्वासको प्रस्ताव बहुमतले पारित गर्छौं ।’ कांग्रेसलाई मुख्य मन्त्री दिने विषयमा पनि छलफल गर्न सकिने बताए । ‘पहिले अविश्वासको प्रस्ताव पारित गरौं’, आचार्यले भने, ‘त्यसपछि सरकारको नेतृत्व र संयुक्त सरकारको विषयमा छलफल गरौं ।’  

उनले सरकार विरुद्ध प्रतिपक्षी पनि आन्दोलनमा रहेकाले आफ्नो पक्षलाई नै प्रतिपक्षी दलहरूले सहयोग गर्ने दाबी गरे । उनले भने, ‘सरकार विरुद्ध आन्दोलनरत सबै दलले आफूहरूलाई नै सहयोग गर्नुहुने छ ।’ नेकपाको माधव प्रचण्ड समूहले भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ ।  

पत्रकार सम्मेलनका क्रममा नेकपाका प्रदेश अध्यक्ष घनेन्द्र बस्नेतले शुक्रबार विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमविरुद्ध करिब ६० हजारको संख्यामा जनप्रदर्शन गरिने उल्लेख गरे ।  

प्रकाशित: १४ माघ २०७७ १२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App