८ वैशाख २०८१ शनिबार
राजनीति

नेपाली जनताले विश्वास गरेको जुनसुकै मन्दिर जान्छु : प्रधानमन्त्री ओली

फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेपाली जनताले विश्वास गर्ने जुनसुकै धार्मिक मठमन्दिरमा पाठपूजा गर्न जाने बताएका छन् । प्रधानमन्त्री ओलीले  काठमाडौंमा आयोजित आदिवासी जनजाति महासंघको कार्यक्रमलाई सम्वोधन गर्दै जनताले विश्वास गर्ने जुनसुकै धार्मिक मठमन्दिरमा जाने बताएका हुन् ।  

‘हिजो म पशुपतिनाथ मन्दिर जाँदा धेरै जना रिसाए । पशुपतिनाथ कुनै विदेशबाट आयातित सभ्यता होइन । हाम्रै पुरानो सभ्यता हो’, प्रधानमन्त्री ओली भने, ‘पशुपति मन्दिर गएर के विग्रियो ?’ म शिव, कृष्ण, देवी र नेपाली जनताले विश्वास गरेको मन्दिरमा जान्छु ।’

उनले नेपाल कुनै धर्म विषेश राज्य नभएर १ सय २७ जातजाति /भाषाभाषीको साझा देश रहेको बताए ।  

‘नेपाल कुुनै धर्म विषेश राज्य होइन । संसारका कुनै धर्म विशेष राज्य पनि छन्’, उनले भने’, ‘नेपाल १ सय २७ जातजाति/भाषाभाषीको साझा देश हो । नेपाल  विविधिता र  सांस्कृतिको  सम्पन्नता देश हो।’  

प्रकाशित: १४ माघ २०७७ ०९:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App