८ वैशाख २०८१ शनिबार
राजनीति

सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइन्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरूद्धको खोप सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने बताएका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारबाट उनले भर्चुअल विधिबाट खोपको शुभारम्भ गर्दै यस्तो बताएका हुन्।

यस्तै, प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने पनि स्पष्ट पारेका छन्। ओलीले भने, ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीहरुलाई खोप उपलब्ध गराइसक्ने छौं,’ उनले भने 'यो खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराइनेछ।'

माघ १८ गतेसम्म संचालन हुने यस अभियानमा सिंगो राष्ट्र एकताबद्ध भएर सफल पार्न आह्वान समेत प्रमले गरेका छन्।

स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा चार लाख ३० हजारलाई खोप प्रदान गरिने छ। कोभिशिल्ड खोप अक्सफोर्ड विश्वविद्यालय र एक्ट्राजेनिका नामक औषधि उत्पादक कम्पनीले संयुक्तरूपमा विकास गरेका हुन्। भारतको सेरम इन्स्टिच्युटले खोप उत्पादन गरेको हो।

खोप बारेमा कुनै जानकारी लिनुपरेमा हटलाईन सेवा १११५ वा ११३३ मा सम्पर्क गर्नु पनि स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

प्रकाशित: १४ माघ २०७७ ०५:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App