४ वैशाख २०८१ मंगलबार
राजनीति

ईश्वर पोखरेल भन्छन् : ओलीको नाममा मत लिएर दुई वर्ष नबित्दै धक्का दिन खोज्ने ?

उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दहाल 'प्रचण्ड' र माधवकुमार नेपाललाई पार्टीमा फर्कन आग्रह गरेका छन्। निर्वाचन आयोगको फैसला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को फुटविरुद्ध रहेकाले दहाल र नेपालले प्रधानमन्त्रीमाथिको आरोपपत्र फिर्ता लिएर  पार्टीमा फर्कन उनले आग्रह गरे।  

केपी ओलीको हस्ताक्षरबाट मात्र टिकट वितरण हुने भएकाले निर्वाचनमा जाने स्वीकारोक्तिसहित ओलीमाथि लगाइएको आरोपपत्र फिर्ता लिएर आउन पोखरेलले दहाललाई आग्रह गरे।  महाधिवेशनसम्म सहमतिमै जाने निर्णय हुँदा समेत सहमति विपरित दहाल र नेपालले पार्टी फुटाउन खोजेको पोखरेलले दोहोर्याकए।  

'ओली पक्षीय कार्यकर्ता भेलालाई मंगलबार सप्तरीको राजविराजमा सम्बोधन गर्दे पोखरेलले केपी ओलीको नाममा मत लिएर दुई वर्ष नबित्दै धक्का दिन थाल्ने ?' उनले प्रश्न गरे। उनले भने,‘ ओलीलाई हटाउन खोज्नु अनैतिक र अलोकतान्त्रिक कार्य हो।’ ‘जनमतले दिएको जनमत जनतालाई नै फर्काउँदै पुनः जनतामाझ जाने भन्दा किन रोइलो उनले भने,‘ जनताको न्यायालयमा गएर जनादेश लिन के को डर ?’ उनले भने,‘केपी ओलीलाई अनैतिक र अलोकतान्त्रिक तरिकाले धक्का दिएर पार्टी अध्यक्षबाट हटाउन दिँदैनौं।’ उनले भने,‘दाहाल–नेपालको हरेक षड्यन्त्रलाई असफल पार्छौं।’

सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेको पार्टीसँग मात्र रहन दाबी गर्दै पोखरेलले भने,‘चित्त नबुझे अलग भएर नक्कली सक्कली, आइतबार सोमबार जुन पार्टी बनाउनु छ बनाउनुस्। प्रचण्डजीलाई छिट्छिटो प्रधानमन्त्री बन्न र आफ्नो मान्छेलाई मन्त्री तथा राजनीतिक नियुक्ती गराउनु मात्र उद्देश्य रहेको पोखरेलले टिप्पणी गरे।

कार्यक्रममा बोल्दै सहरी विकास मन्त्री प्रभु साहले भने ‘जनमुक्ती सेनाको बलमा प्रचण्डले उचाइ प्राप्त गरे तर त्यो विरासतलाई बेचे।’ वर्तमान सरकार जनमुक्ती सेनालाई सम्मान र स्वास्थ्य उपचारका लागि आवश्यक निर्णय गरेको उल्लेख गर्दै साहले भने। मन्त्री साहले प्रचण्डलाई एक एक गरी माओवादीका मुद्दा बेचेको आरोप लगाए। उनको भाषण दहाल–नेपालको आलोचना र सरकारको तारिफमै केन्द्रित थियो। कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महासेठ तथा ओली पक्षीय नेताहरु रघुविर महासेठ, सुमन प्याकुरेल, सत्यनारायण मण्डल उपस्थित थिए।

 

प्रकाशित: १३ माघ २०७७ १३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App