४ वैशाख २०८१ मंगलबार
भिडियो

कांग्रेसलाई जिताउन केपी ओलीले कुनै हालतमा चुनाव गर्दैनन् : प्रदीप पौडेल

क्याप्शन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कुनै पनि हालतमा आगामी वैशाखमा चुनाव हुन नहुने बताएका छन्। मंगलबार नागरिक नेटवर्कका लागि प्रशान्त लामिछानेसँग कुराकानी गर्दै नेता पौडेलले असंवैधानिक तवरबाट हुन लागेको चुनाव हुन नुहने बताए।

अर्कोतर्फ निरन्तर असंवैधानिक कदम चालिरहेको सरकारले चुनाव गर्न घोषणा नगरेको उनको दाबी छ। ‘संविधानअनुसार सरकार चलिरहेको छैन। राष्ट्रपति ज्यूले पनि संविधानविपरीत भएका सिफारिसहरु एकदम फास्ट ट्र्याकमा सदर गरिरहनुभएको छ। संविधानका संरक्षक नै संविधानविरुद्ध लागिरहनुभएको छ। कामचलाउ प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठन सक्छ? एकपछि अर्को असंवैधानिक काम प्रधानमन्त्रीले गरिरहनुभएको छ। यस्तो व्यक्तिले लोकतान्त्रिक व्यवस्था बलियो बनाउनको लागि चुनाव गर्दिन्छ?,’ उनले प्रश्न गर्दै भने,‘मेरो विचारमा केपी ओली गिरिजाप्रसाद कोइराला होइन, शेर बहादुर देउवा पनि होइन। उहाँ ‘डेमोक्र्याटिक स्कुल’बाट आउनुभएको व्यक्ति होइन। उहाँ एउटा निरङ्कुश सोच बोकेको व्यक्ति हो। उहाँ आफू शक्तिशाली हुन जे पनि गर्ने व्यक्ति हो। जे गरेर भएपनि वैशाख १७ गतेको चुनाव हुनुहुन्न। कांग्रेसलाई जिताउन केपी ओलीले चुनाव गर्नुहुन्छ?’

नेता पौडेलले निर्वाचन आयोग कसैबाट निर्देशित भएकोे दाबी समेत गरे। ‘निर्वाचन आयोगको नियती पनि राम्रो देखिन्न। प्रचण्डजीले केपी ओली हाम्रो पार्टीमा हुनुहुन्न भनिरहनुभएको छ। केपी ओलीजीले प्रचण्ड हाम्रो कार्यकारी अध्यक्ष होइन भनिसक्नुभएको छ,’ उनले भने,‘तर, निर्वाचन आयोगल जबरजस्ती केपी ओली पनि अध्यक्ष हो, प्रचण्ड पनि अध्यक्ष भनिरहेको छ। उसले त फाइल हेरेर, विधि विधान हेरेर निर्णय गर्ने होइन र? यस्तो निर्वाचन आयोगले चुनाव गराउँछ? त्यसैले निर्वाचन आयोग पूर्णरुपमा कसैबाट निर्देशित छ। यस्तो निर्वाचन आयोगले चुनाव गराउँदैन।’

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध नेपाली कांग्रेसले आन्दोलन गरिरहेको छ। मंगलबारमात्र कांग्रेसले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

पुरा अन्तर्वार्ता हेर्नुहोस् :

प्रकाशित: १३ माघ २०७७ १२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App