८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस समायोजन समितिबाट राजीनामा दिने महेश आचार्यको घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले समायोजन समितिबाट राजीनामा दिने घोषणा गरेका छन्। मंंगलबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा आर्चायले आफू समायोजन समितिमा रहन नसक्ने बताएका हुन्। उनले बैठकमा बोलेर समायोजन समितिबाट राजीनामाको घोषणा गरेको बैठकमा सहभागी नेता प्रदीप पौडेलले नागरिकलाई जानकारी दिए।

नेपाली कांग्रेसले अन्य पार्टीबाट आएका व्यक्तिहरुलाई व्यवस्थापन गर्न समायोजन समिति गठन गरेको थियो।  

मंगलबारको बैठकमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल अर्का नेता नरहरि आचार्यले सम्बोधन गरेका थिए।

आजको केन्द्रीय समितिको बैठकले माघ १९ गते, २४ गते र ३० गतेका लागि प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन कार्यक्रम तय गरेको छ।

प्रकाशित: १३ माघ २०७७ ११:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App