४ वैशाख २०८१ मंगलबार
राजनीति

संसद पुनःस्थापना नै कांग्रेसको बटमलाईन : रामचन्द्र पौडेल

फाइल तस्वीर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनःस्थापना नै कांग्रेसको बटमर्लाइन भएको बताएका छन् । गुराँस पुस्तकालयले आइतबार विराटनगरमा अयोजना गरेको पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा  नेता पौडेलले संसद पुनःस्थापना नै कांग्रेसको बटमलाइन भएको बताएका हुन् ।  

पौडेलले कांग्रेस पद र प्रतिष्ठामा नलोभिई नियम कानुन र सिद्यान्त अनुसार चल्ने पार्टीभएको स्पष्ट पारे । पौडेलले भने‘कांग्रेस पद र प्रतिष्ठामा लोभिंदैन विधि विधान पद्धति र सिद्यान्त बमोजिम अघि बढ्छ ।’ पौडेलले प्रतिनिधिसभा विघटन असंबैधानिक कदम भएकाले पुनःस्थापना बाहेक अन्य कुनै विकल्प नभएको स्पष्ट पारे । कार्यक्रममा गुँरास पुस्तकालय विराटनगरद्वारा प्रकाशित वरगाछि पत्रिकाको १६ औं अंकको विमोचन गरिएको थियो । 

प्रजातन्त्रका कमाण्डर मुक्तिप्रसाद यदुनाथ चापागाई विशेषाङकका रुपमा प्रकाशित १६ औं अंकको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल ले विमोचन गरेका थिए । कार्यक्रममा राजनीतिक व्यक्तित्व सम्मानबाट प्रजातन्त्र सेनानी देवी डांगी सम्मानित भएका छन् ।  डाँगीलाई नगद २१ हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको छ । यस्तै मुक्तिप्रसाद यदुनाथ  सामाजिक सम्मानबाट कोरोना महामारीका कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनमा सहयोग गर्ने युवाहरूलाई सम्मानित गरिएको छ ।

 सममानित हुनेहरूमा राम नेपाल, रविन कार्की, प्रयोग चापागाई, संजोग गौतम, दृष्यम शाक्य र अनुराग भण्डारी छन् । युवा समूहलाई नगद १५ हजारसहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ । सम्मानित युवाहरूलाई नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व सञ्चारमन्त्री डा मिनेन्द्र रिजाललगायतले सम्मान  गरेका थिए । कार्यक्रममा पूर्व सञ्चार मन्त्री डा मिनेन्द्र रिजाल, वरगाछि पुस्तकका सम्पादक दधिराज सुवेदीलगायतले प्रजातन्त्र प्राप्तिको आन्दोलनमा गुराँस पुस्तकालयले खेलेको भूमिकाका विषयमा चर्चा गरेका थिए ।  

प्रकाशित: ११ माघ २०७७ १३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App