coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नेपाल बारले भन्यो : प्रधानमन्त्रीले सार्वजनिकरुपमा माफी माग्नुपर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले वकिलहरु र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई संकेत गर्दै दिएको अभिव्यक्तिप्रति नेपाल बार एसोसिएनसनले खेद प्रकट गरेको छ।

बारले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई तत्काल सार्वजनिक माफी माग्नसमेत भनेको छ।

ओलीले माघ ९ गते पार्टीको एक कार्यक्रमलाई सम्वोधन गर्दै 'विकलले कुरा फिटेका फिट्यै छन् केहि वकिहरुले एक जना बाजे वकिललाई लिएर गएका छन् त्यहा तमासा हेर्न' भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्ति संविधान, कानून र प्रधानमन्त्रीको पदीय मर्यादा र आचरण अनुकुल पनि नभएको विज्ञप्तिमा भनिएको छ।

उक्त अभिव्यक्ति वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र समग्र कानून व्यवसायीकै विरुद्ध मात्र नभएर अदालतकै मानहानी/ अवहेलनाजन्य कार्य भएको बारको ठहर छ।

बारले आईन्दा यस किसिमका अभिव्यक्ति नदोहोर्‍याउन र दोहोर्‍याएमा सशक्त प्रतिरोधका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएको छ।

 

 

प्रकाशित: ११ माघ २०७७ १२:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App