८ वैशाख २०८१ शनिबार
राजनीति

रसुवामा मतदाता नामावली अद्यावधिक कार्यक्रमको तयारी सुरु

रसुवामा मतदाता नामावली अद्यावधिक (दावी विरोधसमेत) कार्यक्रमको तयारी सुरु भएको छ । आगामी माघ १५ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने जिल्लाका पाँचवटै स्थानीय तहका केन्द्रमा कार्यक्रम सञ्चालन गर्नका लागि तयारी सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी विनिता भट्टराईले बताइन् । यस अवधिमा मतदाताले मतदान केन्द्रमा गएर मतदाता नामावली अद्यावधिक गर्न सक्ने छन् ।  

प्रकाशित मतदाता नामावलीको त्रुटि सच्याउने, झुट्टा विवरण दिई नामावलीमा समावेश भएको भए सोको विरुद्धमा उजुरी दिने, कुनै मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानको मात्र कायम गर्ने लगायतका काम हुने छ ।  

प्रतिनिधिसभाको सदस्य निर्वाचन आउँदो बैशाख १७ र २७ गते हुने भएकाले कार्यक्रम सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । गत पुस ५ गतेसम्मको तथ्यांक अनुसार ३५ हजार १ सय १८ मतदाता छन् ।  

जसमा १७ हजार १ सय ४२ महिला र १७ हजार ७ सय ७६ पुरुष रहेका छन् । २०७४ मा भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा ३३ हजार ४ सय ४ मतदाता रहेका थिए ।  जिल्लामा अहिले ३४ वटा मतदान स्थल र ४५ वटा मतदान केन्द्र रहेको छ ।  

प्रकाशित: ११ माघ २०७७ १२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App