प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जागिर खाना चाहनेहरूले संसद लम्ब्याउने खोजेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने खेल हुन लागेको उनले आरोप लगाए ।
‘स्थिरता हुन नदिने र बहुमतको सरकारको तोडेर जोडजामको सरकार बनाउन खोजियो’, उनले भने ‘संसदमा ५ वर्ष जागिर खान पाउनुपर्छ भन्ने ? सांसद भनेको जागिर हो? पाँच वर्ष जागिर खान पाउनुपर्छ भन्ने उनीहरूको तर्क छ। ,’
संसद जागिर खाने थलो नभएको उनको भनाइ ।
प्रधानमन्त्री ओलीले स्थिरताका लागि चुनावमा जाने निर्णय गरिएको पनि दाबी गरेका छन्।
प्रकाशित: ११ माघ २०७७ १०:४० आइतबार