८ वैशाख २०८१ शनिबार
राजनीति

पूर्वजनमुक्ति सेनाका समस्या राजनीतिक रुपले समाधान हुन्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका समस्या राजनीतिक रुपमा समाधान हुने बताएका छन् ।  पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग शनिबार  प्रधानमन्त्री निवास बालुवाटारमा  छलफल गर्दै प्रधानमन्त्रीले विगतमा जस्तो धोका नदिइने स्पष्ट पारेको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।  

 प्रधानमन्त्री ओलीले जनयुद्धका अवधिमा पूर्वजनमुक्ति सेनाहरुको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान रहेको जनाउँदै भने , ‘पहिलेको नेतृत्वले तपाईंका भावनाको दुरूपयोग ग¥यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ, यसरी मकहाँ आइरहँदा तपाईंहरू ढुक्क हुनुहोस्, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौँ । अब विगतमा जस्तो धोका पाउनुहुने छैन ।’ रासस 

प्रकाशित: १० माघ २०७७ १३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App