८ वैशाख २०८१ शनिबार
राजनीति

पूर्वजनमुक्ति सेनाका कमाण्डरलाई ओलीले भने-तपाईंले दिएको योगदान, त्याग, बलिदानप्रति सम्मान छ

तस्वीरः प्रधानमन्त्री केपी ओलीको सचिवालय।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूले जनयुद्धमा खेलेको भूमिकाको प्रशंसा गरेका छन्। शनिबार पूर्वजनमुक्ति सेनाका कमाण्डरहरूसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले जनयुद्धका क्रममा उनीहरुले दिएको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति आफ्नो सम्मान रहेको बताएका हुन्।

नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले तत्कालीन नेतृत्वबाट पूर्वजनमुक्ति सेनाहरुको भावनाको दुरूपयोेग भएको बताए। सो क्रममा ओलीले अब आफूले राजनीतिक रुपमा उनीहरुको समस्याको वास्तविक समाधान गर्ने आश्वासन समेत दिए।

प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने, ‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ। नेतृत्वले तपाहरूका भावनाको दुरूपयोग गर्‍यो। यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ। यसरी आइरहँदा तपाईहरू ढुक्क हुनुहोस, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं। नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन।’

तत्कालीन नेकपा (माओवादी) ले सञ्चालन गरेको सशस्त्र युद्धका कमाण्डरहरु केही कमाण्डरहरु ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।  

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गराएपछि दुई समूहमा विभाजित बनेको छ।  

प्रकाशित: १० माघ २०७७ १२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App