७ वैशाख २०८१ शुक्रबार
राजनीति

साइबर सेनाले प्रचण्ड–माधवलाई ठेगान लगाउँछन् : महेश बस्नेत

‘साइबर सेना स्याल होईन, सिंह बन्न आवश्यक छ’

तस्वीरः मुक्ति/नागरिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहका नेता महेश बस्नेतले नेकपाको फुटमा साविक एमालेका ९५ प्रतिशत बढी नेता तथा कार्यकर्ताहरु प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपामा रहेको बताएका छन् । उनले साविक माओवादीका ८०/८५ प्रतिशत नेता तथा कार्यकर्ता प्रचण्डको नेतृत्वको साथमा रहेको देखिएको बताएका हुन् ।  

युवा संघका इञ्चार्ज समेत रहेका नेता बस्नेतले ९५ र ८० प्रतिशतको बीचमा रहेका कार्यकर्ताहरु यता र उता भएर नेकपा विभाजन हुन खोजेको देखिएको बताएका हुन् । युवा संघ, पाल्पाले शनिबार तानसेनमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले प्रचण्डका मिडियाले भ्रम पार्दै हिँडेको तर तल्लो तहमा त्यस्तो भ्रम नरहेको बताए । उनी भन्छन्, ‘साइबर सेना स्याल होईन, अब साईबर सेना सिंह बन्नुपर्ने आवश्यकता छ, त्यही साइबर सेनाले प्रचण्ड र माधवलाई ठेगान लगाउने छ । ह्वाइटबडी, बालुवाटार र लडाकु काण्डलाई ओलीले उठाउनु हुनेछ र यिनीहरु जेलमा हुनेछन् ।’  

जनताको साथमा निर्वाचनमा जानुको ओलीसँग विकल्प थिएन त्यसैले नयाँ जनादेशबाट अब नेकपा अगाडी बढ्छ, बस्नेतले भने, ‘दुई पार्टी मिलेर बनेको नेकपामा स्वार्थपूर्तीमा लाग्ने केही नेताहरुले अध्यक्ष ओलीलाई घेराबन्दीमा पार्ने र अविश्वासको प्रस्तावबाट हटाउने षड्यन्त्र गरेपछि प्रधानमन्त्रीले बाध्य भएर संवैधानिक अधिकारको प्रयोग गरेर संसद विघटन गर्नुभएको हो, बस्नेतले भने, ‘अहिलेको परिस्थितीमा अदालतले संसद पुनस्थापना गर्ने सम्भावना छैन् । चुनावलाई सफल बनाउन तयारीमा सबै लाग्नुको विकल्प छैन । सरकारको लोकप्रिय कार्यक्रम र राष्ट्रियताको पक्षमा लिएको अडानबाट आत्तिएका नेताहरुले आफ्नै प्रधानमन्त्रीविरुद्ध लाग्ने गरेका कारण यस्तो अवस्था सिर्जना भयो ।’

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकताको अभियान सम्पन्न नहुदै शक्तिको पछि लाग्दा बर्तमन अबस्थामा आएको बताए । पार्टी एकता सम्पन्न नहुनुमा प्रचण्डको भुमिका रहेको छ, उनले भने, ‘नेकपाको अनुभूती कार्यकर्ताले गर्नै पाएनन्, प्रचण्डलाई एकिकरणको नेतृत्व गर्ने अवसर थियो, त्यो काम पुरा गर्न सक्नुभएन र ध्यान सरकार चलाउँछु भन्नेमा गयो ।’ अहिलेको परिस्थितीको मुख्य कारण तत्व नै प्रचण्ड हो ।

प्रकाशित: १० माघ २०७७ १०:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App