coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

केपी ओली खतरनाक प्रतिगमनकारी हुन् : युवराज ज्ञवाली

नेपाल कम्युुनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समुहका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लोकतन्त्र नै विर्सजन गर्न खोजेको आरोप लगाएका छन् । नेकपा प्रचण्ड–माधव समुहको लुम्बिनी प्रदेश इन्चार्ज रहेका ज्ञवालीले कम्युनिष्ट आन्दोलन र लोकतन्त्र मासेर ओली आफै राजा बन्न खोजेको आरोप लगाएका हुन् ।  

शनिबार बुटवलमा भएको पत्रकार भेटघाटमा ज्ञवालीले ओलीलाइ केशरजंग रायमाझीसंग तुलना गर्दै भने ‘केशरजंगले राजाबाट ‘कु’ गराएर लोकतन्त्र राजालाइ सुम्पेका थिए, ओलीले संविधानमाथि ‘कु’ गररेर आफै  राजा बन्न खोज्दैछन्’ । ओली रायमाझी भन्दा ठुला र खतरनाक प्रतिगमनकारी भएको टिप्पणी उनले गरे । कम्युनिष्टको खोल ओडेर कम्युनिष्ट पार्टीलाइ नै सिध्याउन लाग्ने ओली कम्युनिष्ट हुनै नसक्ने भन्दै उनले अहिले ओली पक्षमा देखिएका नेता आफ्नो पार्टीमा आउने दावी गरे ।  

ओलीले खतम पार्न लागेको व्यवस्था, देश र पार्टी बचाउन आफुहरु सडकमा आउन बाध्य भएको भन्दै उनले ओली र ओली प्रवृत्तिलाइ विफल बनाएरै छोडने दोहो¥याए । प्रदेश इन्चार्जको जिम्मेवारी पाएपछि पहिलो पटक बुटवलमा पत्रकार सम्मेलन गर्दै ज्ञवालीले प्रतिनिधिसभा पुर्नस्थापना हुने र चुनाव चिन्ह आफुहरुले पाउने बताए । ज्ञवालीले अदालतलाइ संविधान व्याख्या गर्ने अधिकार भएपनि संशोधन गर्ने अधिकार नभएको टिप्पणी गरे ।  

नेकपाको प्रचण्ड–माधव समुहले माघ १५ गते बुटवलमा विरोधसभा गर्दैछ । सो कार्यकम बारे जानकारी दिन बुटवल स्थित पुष्पलाल स्मृति भवनमा पत्रकार सम्मेलन गरिएको हो । बिरोध सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,माधवकुमार नेपाल लगायतका नेताहरुले सम्बोधन गर्ने केन्द्रिय सदस्य ठाकुर गैरेले जानकारी दिए । 

प्रकाशित: १० माघ २०७७ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App