coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचन कार्यालय रौतहटले तोक्यो साढे चारसय मतदान केन्द्र

आगामी वैशाखमा घोषणा गरिएको निर्वाचनको लागि रौतहटमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । जिल्लामा २७८ मतदानस्थलमा ४४९ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।  

जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिश समितिले जिल्लाका मतदानस्थलहरुको स्थलगत निरीक्षण गरी स्थलगत अवलोकन टोलीको प्रतिवेदन अनुसार मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गरिएको कार्यालयले जनाएको हो ।  

गत २०७४ मा सम्पन्न निर्वाचनमा रहेका मतदान स्थल तथा मतदान केन्द्रमा खासै परिवर्तन नगरिएको तर केही मतदान केन्द्र खारेज तथा केही अन्यत्र सारिएको पनि कार्यालयले जनाएको छ ।  

रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७ मा रहेको रइस प्राथमिक विद्यालय मन्सरी टोल मतदानस्थलाई खारेज गरी सोही वडाको रामजानकी मठ परिसरमा कायम गर्ने निर्णयमा केही विरोधाभास आएकोले प्रजिअसहितको सुरक्षा निकायबाट अनुगमन गरी उपयुक्त देखिए बमोजिम निर्वाचन आयोगमा सिफारिश गरिने भएको छ । यसबाहेक गढीमाई नगरपालिका ३ र ९, यमुनामाई गाउँपालिका ३, वृन्दावन नगरपालिका १ तथा फतुवा विजयपुर नगरपालिका ७ मा रहेका मतदानस्थलाई खारेज गरी नजिकै पायक पर्ने अन्यत्र सारिएका छन् ।  यसै गरी कटहरिया नगरपालिकामा एक र देवाही गोनाही नगरपालिकामा एक गरी दुई मतदानस्थल थप गरिएका छन् ।

जिल्लामा सकभर एकरुपता कायम हुने गरी प्रति एक हजार मतदातामा एक मतदान केन्द्र कायम गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन् ।  

प्रकाशित: ९ माघ २०७७ १३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App