८ वैशाख २०७८ बुधबार
राजनीति

प्रचण्ड–नेपालको प्रदर्शनका कारण यात्रुहरुले पाउनुपरेको सास्ती (फोटो फिचर)

फोटोः मोनिका मल्ल नागरिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले शुक्रबार प्रतिनिधि सभा विघटनविरूद्ध काठमाडौंमा ठूलो संख्यामा मान्छेहरु उतारेर जनप्रदर्शन गर्‍यो। राजधानीका विभिन्न १० स्थानबाट निस्किएको र्‍याली काठामाडौंको भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल लगायतका नेताहरुले सम्बोधन गरेका थिए।

सम्बोधनका क्रममा उनीहरुले सरकारले असंवैधानिक कदम चालेको र त्यसलाई सच्याउनको लागि सडकमा आउनुपरेको बताएका थिए। नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम नसच्चिएसम्म आन्दोलनलाई जारी राख्ने बताएका थिए।

तर, अर्कोतिर प्रदर्शनका कारण शुक्रबार काठमाडौंका हजारौं यात्रुहरुले सास्ती ब्यहोर्नुपरेको छ। विभिन्न स्थानबाट गन्तव्यका लागि छुटेका सवारी साधनलाई ट्राफिक प्रहरीले बिच बाटोमा नै रोकिदिएपछि यात्रुहरुले सास्ती ब्यहोर्नुपर्‍यो।  

नागरिककर्मी मोनिका मल्लले सवारी जामका कारण यात्रुहरुले पाउनुपरेको दुःखलाई क्यामेरामा कैद गरेकी छन्ः

 

प्रकाशित: ९ माघ २०७७ १८:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?