coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

हामीले ओलीलाई तह लगाउन सकेनौं, जनतासमक्ष गुहार भन्न आएका छौं : प्रचण्ड

तस्वीरः दिपेश श्रेष्ठ/नागरिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निरन्तर प्रयास गरेपनि आफूहरुले केपी ओलीलाई सच्याउन नसकेपछि जनतासमक्ष आउनुपरेको बताएका छन्। शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीको प्रतिगमनलाई जनताले सच्याउनुपर्नेमा जोड दिए।

‘हाम्रो उदारतालाई केपी ओलीले उदारता ठानेर जुन दुस्साहस गरेका छन्, हामी अन्ततः तपाईंहरुको अगाडि आउन बाध्य भयौं। हामीले पार्टीभित्र ओलीको प्रतिगमनलाई रोक्ने प्रयास त गरेका थियौं। तर, हाम्रो संघर्षले मात्र केपीको निरुकुंशता सच्याउन सकिएन। हाम्रो पनि समिक्षा गर्नु त पर्छ। तर, हामी राष्टप्रति इमान्दार छौं। हामी तपाईंकै छोराछोरीका हैसियतले प्रतिगमनलाई सच्याउन तपाईंहरुसमक्ष आएका छौं। हामी फेरि एक पटक जनतालाई गुहार भन्न आएका छौं,’ उनले भने।  

सम्बोधनको अधिकांश समय प्रचण्डले लामो संघर्षबाट प्राप्त संविधानलाई ओलीले धरापमा पार्न खोजेको भन्नेमा खर्चिएका थिए।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–नेपाल समूहले देशैभर विरोधका कार्यक्रम गर्दै आएको छ। शुक्रबार प्रचण्ड–नेपाल समूहले काठमाडौंमा जनप्रदर्शन गरेको छ।

प्रकाशित: ९ माघ २०७७ १०:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App