coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

केपी ओली नेपाली संस्करणका हिट्लर हुन् : माधव नेपाल

तस्वीरः दिपेश श्रेष्ठ/नागरिक

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री केपी ओलीलाई जर्मनीका शासक हिट्लरसँग तुलना गरेका छन्। शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केपी ओली नेपाली संस्करणको हिट्लर भएको बताए।  

‘संसारमा जननिर्वाचित व्यक्ति पनि तानशाह हुँदा रहेछन्। हिट्लरको बारेमा तपाईंलाई थाहा छ होला, उनी चुनावबाट आएका थिए। चुनावबाट आइसकेपछि उनीमा अहंकार बढ्न थाल्यो, जम्मैलाई उनले पेल्न थाले। एक्लौटी गर्न थाले, तानशाही लाद्न थाले। अनि उनको कारणले युरोपमा २ करोडभन्दा बढी मानिस मारिए। केपी ओली त्यही बाटोमा हिँड्ने हिट्लरको नेपाली संस्करण हुन्। त्यसो हुनाले यिनको विरोधमा हामीले जानुपर्दछ। हिटलरी नाजिवाद लाद्न खोज्ने नेपाली संस्करणका हिट्लरसँग नेपाली जनता डराउनेवाला छैनन्। हामी स्वाभीमानी नेपाली आफ्नो भाग्यको फैसला आफैं गर्छौं,’ ओलीले भने।

अध्यक्ष नेपालले असंवैधानिक तवरबाट ओलीले संसद् विघटन गरेर संविधानमाथि कू गरेको समेत बताए। ‘ओली संसद् विघटनको कदम असंवैधानिक मात्र होइन संविधान कू हो,’ नेता नेपालले भने।

पार्टी एकताका लागि आफूहरुले निरन्तर प्रयास गरेपनि ओलीका कारण सफल हुन नसकेको बताए। उनले ओलीको तानशाही र एकाधिकारवादी सोचका कारण अहिलेको परिस्थिति निर्माण भएको बताए।  

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसको विरोधमा प्रचण्ड–नेपाल समूहले देशैभर विरोधका कार्यक्रम गर्दै आएको छ। शुक्रबार प्रचण्ड–नेपाल समूहले काठमाडौंमा जनप्रदर्शन गरेको छ।

प्रकाशित: ९ माघ २०७७ १०:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App