coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदर्शनले यात्रुलाई सास्ती, भन्छन् : कुर्सीको लागि नेताहरुले जनतालाई दुःख दिन नछाड्ने भए

तस्वीरः नागरिक

प्रतिनिधि सभा विघटनविरूद्ध प्रचण्ड–नेपाल समूहको र्‍यालीका कारण ट्राफिक व्यवस्था अस्तव्यस्त बन्दा यात्रुहरुले सास्ती ब्यहोर्नुपरेको छ। शुक्रबार उपत्यकाका विभिन्न ठाउँबाट गन्तव्यका लागि छुटेका सार्वजनिक सवारीहरु र्‍यालीका कारण प्रभावित बन्दा यात्रुहरुले सास्ती ब्यहोर्नुपर्‍यो। 

दुःख भोग्नुपरेपछि यात्रुहरु सरकार र आन्दोलनकारीविरूद्ध आक्रोशित देखिन्थे। कीर्तिपुरबाट रत्नपार्क जान लागेका एक जना यात्रुले बल्खुमा झर्नुपरेपछि सरकार र आन्दोलनकारीप्रति  यसरी रिस पोखे,‘कल्यिै सुःख नदिने भए यिनीहरु (नेताहरु) ले, कहिले कसको आन्दोलन भनेको छ, कहिले कसको भनेको छ। कुर्सीको लागि जनतालाई दुःख दिन नछाड्ने भए।’ बिच बाटोमा नै झर्नुपरेपछि उनीजस्तै अधिकांश यात्रुहरु आक्रोशित बनेका थिए।

शुक्रबार बिहानैबाट ट्राफिक प्रहरीले र्‍यालीलाई मध्यनजर गरेर कीर्तिपुर, दक्षिणकाली लगायतका ठाउँबाट रत्नपार्कका लागि छुट्ने सवारीहरुलाई बल्खुबाट नै फर्काउने गरेको थियो।  

यस्तै, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर लगायतका ठाउँबाट काठमाडौंका लागि छुटेका सवारीहरुलाई प्रहरीले कोटेश्वरमा नै रोकेको थियो।  

प्रतिनिधि सभा विघटनविरूद्ध प्रचण्ड–नेपाल समूहले काठमाडौंमा र्‍याली निकालेको छ। काठमाडौंमा विभिन्न स्थानबाट निकालिएको र्‍याली भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुनेछ। कोणसभालाई पुष्पकमल दाहाल, माधव कुमार नेपालसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने छन्।  

प्रकाशित: ९ माघ २०७७ ०७:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App