coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रचण्ड-नेपाल समूहको प्रदर्शनले काठमाडौंमा सवारी अस्तव्यस्त

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल समूहको प्रदर्शनका कारण काठमाडौंमा ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ।

प्रचण्ड-नेपाल समूहले आज काठमाडौंका ९ स्थानबाट जुलुस निकाल्ने तयारी गरेपछि सवारी अस्तव्यस्त बनेको हो। जसका कारण आम नागरिक तथा यात्रुले सास्ती खेप्नु परेको छ। रिङरोड भएर भित्री चोकतर्फ आउने ठूला सवारी–साधनलाई ‘डाइभर्सन’ गरिएको छ। भने सुन्धारा क्षेत्रको सडक पूर्ण रुपमा खाली गरिएको छ। कीर्तिपुरबाट आउने गाडी बल्खु नै डाइभर्ट गरिएको छ। यात्रुहरूले बल्खुबाट हिँडेर नै गन्तब्यमा जानुपर्ने बाध्यता देखिएको छ। यस्तै, माइतीघर क्षेत्रमा पनि ठूलो जाम रहेको छ।

र्‍यालीलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको बाक्लो उपस्थित देख्न सकिन्छ।

देवेन्द्र पौडेलको नेतृत्वमा त्रिपुरेश्वरबाट प्रदर्शन सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्का नारा लगाइएको छ।

प्रकाशित: ९ माघ २०७७ ०६:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App