coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसद विघटनविरुद्धको आन्दोलन : चलायमान कांग्रेस

प्रतिनिधिसभा विघटन भएपछि नेपाली कांग्रेसले यसको विरोधमा ‘सडक संघर्ष’को रणनीति अवलम्बन गर्यो। भलै पार्टीका शिर्ष नेताहरु संसद पुनर्स्थापना वा निर्वाचन? भन्ने विषयमा बाझिरहेकै थिए। सरकारले चालेको असंवैधानिक कदमको साक्षी बस्न नहुने भन्दै पार्टीभित्र उठेका ‘गहन बहस’ ले कांग्रेसलाई सडक संघर्षको मार्ग कोर्न बाध्य बनायो। 

फलतः जिल्लास्तरीय विरोध सभा हुँदै कांग्रेसको सडक संघर्ष बिहीबार मात्रै वडातहमा पुगेर सकिएको छ। वडातहसम्म आन्दोलन मार्फत् पुगेको कांग्रेसमाथि आशंकाका प्रश्न भने कार्यकर्ता तहबाट उब्जिए ‘हाम्रो लाईन संसद पुनर्स्थापना कि चुनाव ?’ नेतृत्वको आगामी ‘साझा निर्णय’ ले मात्रै कार्यकर्तातहबाट उब्जिएको यो प्रश्नको जवाफ दिन सक्ला।  

तर, पार्टीको आधिकारीक ‘बटमलाईन’ को अनभिज्ञतामै आन्दोलन मार्फत् गाउँ छिरेको कांग्रेसका लागि संसद विघटनको मुद्दा ‘चलायमान’ हुने यथ्येष्ट अवसर प्राप्त भयो। प्रतिनिधिसभा/प्रदेशसभा निर्वाचनमा ब्यहोर्नु परेको हारले थलिएको कांग्रेसले कार्यकर्तासंगको दूरी नजिक्याउन सकिरहेको थिएन। तर संसद विघटनको मुद्दाले कांग्रेसलाई गाउँ तहका कार्यकर्तासंग लामो समयपछि भेट गराईदिएको छ।  

‘यो आन्दोलनले हामी र हाम्रो पार्टी कांग्रेसलाई चलायमान हुने ठूलो अवसर प्रदान गरिदियो,’ कांग्रेस दाङका निवर्तमान सचिव कमलकिशोर घिमिरेले भने ‘लामो समय पछि हाम्रो भेट गाउँ स्तरका कार्यकर्तासंग भएको छ।’ आन्दोलन मार्फत् गाउँ पुगेको कांग्रेसले आँफूलाई सशक्त बनाउने अवसर पाएको छ। 

उसले आफ्ना अजेण्डा पुनः कार्यकर्ता सामु पुर्‍याउन सकेको छ। ‘हामीले चुनाव हारेका थियौँ, तर हाम्रा अजेण्डा मरेका थिएनन्,’घिमिरे भन्छन् ‘पार्टीगत अजेण्डा फेरी कार्यकर्ता सामु पुर्‍याउन कांग्रेस सफल भएको छ।’ संसद विघटन प्रतिको ‘पब्लिक सेन्टिमेन्ट’ लाई ‘क्यास’ गरेको कांग्रेसले आँफूलाई पराजित गरेको नेकपाको वर्तमान चरित्र उदांगो पार्ने सहि अवसर पनि पायो। यसले कांग्रेस प्रतिको जनमत बढ्ने लख काटिएको छ। 

नेकपाका चुनावी अजेण्डा र कामको बिश्लेषण गर्न आन्दोलन लिएर गाउँ पुगेको कांग्रेसले यहि ठूलो दल नेकपाको संसद विघटनको ‘कतुर्त’ लाई जनमानस माझ मज्जैले उदांगो पारिदिएको छ। यसले स्वभाविकै रुपमा कांग्रेस प्रतिको जनमत बढ्ने विश्वास घिमिरे गर्छन्।

‘दुई तिहाईको बलमा बनेको सरकार, अनि यसले गरेका गलत निर्णय र कामको फेहरिस्त जनमानस समक्ष हामीले सुनाउन पायौँ,’ घिमिरे भन्छन् ‘संसद विघटन जस्तो गैरसंवैधानिक नेकपाको कदमले मुलुकमा उत्पन्न परिस्थतीको बारेमा पनि जनता जागरुक भैसकेका छन्, अतः कांग्रेसलाई सांगठनिक रुपमा पनि बलियो बनाउने काम यो आन्दोलनले गरेको छ।’

तथापी कांग्रेसको आधिकारीक बटमलाईनका बारेमा भने कार्यकर्ता पंक्तीमा प्रश्न उठेका भने छन्। संसद पुनर्स्थापना पार्टीको आधिकारीक लाईन हो वा निर्वाचन आधिकारीक लाईने हो ? भन्ने विषयमा कार्यकर्ता पंक्तीमा देखिएको अन्यौलताको समाधान पार्टी नेतृत्व पंक्तीले गर्नुपर्ने आवश्यक्ता देखिएको छ। ‘

हाम्रो आधिकारीक लाईन के हो ?’ एक कार्यकर्ताले भने ‘पार्टीभित्र एकमत नभएको भन्ने सुन्छौँ, एकमत नभए हाम्रो लाईन यो हो भनेर कसरी भन्ने ?’

कार्यकर्ता पंक्तीबाट उठेका यि प्रश्नको जवाफ पार्टी नेतृत्वले तत्कालै दिनु पर्ने घिमिरे सुझाउँछन्। ‘अहिले कार्यकर्ता तहमा देखिएको यो अन्यौलता हटाउने जिम्मेवारी नेतृत्व तहको हो,’ उनले भने ‘यदि तत्कालै यो चासो मेटिएन वा आधिकारीक बटमलाई बाहिर आएन भने कार्यकर्तामा अन्यौलता पैदा हुँदै जान्छ, र यसले पार्टीलाई नै घाटा पुग्छ।’ 

 

यो पनि पढ्नुहोस्

सरकार तत्काल बिघटन नभए मुलुक गृहयुद्धमा फस्ने यादवको चेतावनी

 

प्रकाशित: ९ माघ २०७७ ०४:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App