८ वैशाख २०८१ शनिबार
राजनीति

श्रीमानहरुलाई खासखुसले प्रभावित नगरोस : गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक, अनाधिकृत र अराजनीतिक भएको बताएका छन। संसद विघटनकाबिरुद्ध कांग्रेसले देशव्यापी रुपमा गरेको बिरोध र्कायक्रम अन्तगर्त बुटवलमा भएको बिरोध सभालाइ सम्बोधन गर्दै नेता थापाले संविधानले बहुमतको प्रधानमन्त्रीलाइ संसदको अधिकार माथि नजर उठाएर हेर्ने अधिकार समेत नदिएको बताए।  

नेता थापाले संसद पुन:स्थापना की निर्वाचन भन्ने प्रश्ननै गलत भएको भन्दै यक्षप्रश्न संविधानको पक्षमा हो की होइन भन्ने रहेको बताए। कांग्रेसले संसद बिघटनलाइ असंवैधानिक भनेर निर्णय गरिसकेको भन्दै उनले संसद पुनस्थापना गरेर संविधान सम्वतनै चुनावमा जाने र जित्ने दावी गरे। ‘निर्वाचन हुन्छ तर आफ्नो बाटो समातेर हुन्छ। देश कांग्रेसमय बन्छ, हामीले देश चलाउँछौं,संविधानको रक्षा गर्छौ, विकास र समृद्धि पनि ल्याउँछौं। प्रधानमन्त्री ओलीलाइ बलकोट र राष्ट्रपति बिद्यादेवि भण्डारीलाइ चपली पठाउनेछौं’नेता थापाले भने। देशमा शान्ति प्रक्रियाको सुरुवात, लोकतान्त्रिक संविधान निर्माण र  कार्यान्वयन कांग्रेसकै नेतृत्वमा भएको भन्दै नेता थापाले प्रम ओली र राष्ट्रपति भण्डारीले संविधान च्यात्दै गर्दा  प्रतिरोध गरेर संविधान बचाएको कांग्रेस यही हो भन्ने अर्को इतिहास रच्ने क्षमता कांग्रेससँग रहेको उल्लेख गरे।

संसद बिघटनाको मुद्यामा सर्वोच्चले संविधान सम्बत नै फैसला गर्ने पूर्णविश्वास रहेको उल्लेख गर्दै नेता थापाले न्यायाधीशहरुलाई न्यायको धर्म नछाड्न आग्रह पनि गरे। ‘श्रीमानहरुलाई बहिरी कुराले प्रभाव नपारोस। बन्द कोठाका खासखुस कुराले पनि प्रभावित नगरोस। दायाँ बाँया नहेरी संविधानमा टेकेर फैसला होस’नेता थापाले भने।  संसद बिघटनको मुद्यामा बहुमत प्राप्त प्रधानमन्त्रीले सरकार चलाउन नसक्ने अवस्थामा के हुन्छ भनेर प्रधानन्यायाधीशले सोधेको भन्दै उनले त्यस्तो प्रधानमन्त्रीले पद छोडेर घर बस्नु पर्ने बताए।  

 

 

प्रकाशित: ८ माघ २०७७ १४:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App