७ वैशाख २०८१ शुक्रबार
राजनीति

ओलीसँग एकता हुँदैनः जनार्दन शर्मा

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको एकताका सुत्रधार मानिएका जनार्दन शर्माले माधव–प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली समूहबीच अब एकता नहुने बताएका छन्। प्रधानमन्त्री ओली राष्ट्रघाती र जनघाती भएकाले त्यस्तासँग एकता नहुने बताएका हुन्।  

सुर्खेतस्थित वीरेन्द्रनगरमा आयोजना गरिएको उक्त समूहको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कतिपयले दुई समूहबीच एकता हुने भन्ने अपबाह फैलाएको उनले जनाए। ‘राष्ट्रघाती, जनघातीसँग एकता हुँदैन,’ उनले भने, ‘जनताको अधिकार खोस्नेसँग एकता चाहिँदैन।’ प्रधानमन्त्री ओलीले जनताको हक अधिकार खोसेको आरोप लगाउँदै जनताहरु आफ्नो अधिकार पाउन लाग्नु पर्ने बताए। आफूहरु पद प्रतिष्ठाको होइन लडाइँ नभइ नागरिकलाई संविधानले दिएको अधिकार उपभोग गर्न पाउनु पर्छ भन्ने लडाइँमा रहेको उनले बताए। ‘खान नपाउनेले खान पाउनु पर्छ र बेरोजगारले रोजगार पाउनु पर्छ,’ उनले भने। साथै उनले उक्त समूहको शुक्रबार काठमाडौंमा हुने आमसभामा सहभागी चढेका गाडी थानकोटमा रोक्न प्रधानमन्त्री ओलीले प्रहरीलाई निर्देशन दिएको आरोप लगाए।

प्रधानमन्त्री ओलीको निर्देशनमा आमसभा प्रभावित भए त्यसको क्षति स्वयम् ओलीले भोग्नु पर्ने बताए।

 

 

प्रकाशित: ८ माघ २०७७ ११:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App