coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश १ : तीन सांसदले फिर्ता लिए अविश्वासको प्रस्ताव

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीनजना सांसदले हस्ताक्षर फिर्ता लिएका छन्। हस्ताक्षर फिर्ता लिनेसांसदहरुमा जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली छन्।  

उनीहरूले नेकपाको सांसद भएर आफ्नै पार्टीको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु उपयुक्त नभएको भन्दै फिर्ता लिएको बताएका छन्। उनीहरुले प्रदेशसभाका सचिवलाई पठाएको पत्रमा भनिएको छ ‘नेकपाकै सरकारविरुद्ध हामी नेकपाकै सांदसहरुले अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त ठानेनौं।’ पत्रमा उनीहरुले अविश्वास प्रस्तावमा आफूहरुले गरेको हस्ताक्षर फिर्ता लिएको उल्लेख छ। प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध नेकपाकै प्रचण्ड–माधव समूहका ३७ जना सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। तीमध्ये यसअघि कला घले र बसन्तीदेवी यादवले हस्ताक्षर फिर्ता लिइसकेका छन्।  हालसम्म अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ५ जना सांसद पुगिसकेका छन्। ५ जना सांसदले अविश्वासको प्रस्ताव फिर्ता गरेसँगै अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदको संख्या ३२ जना भएको छ।  ९३ सदस्यीय प्रदेशसभामा नेकपाको ६७ सिट  छ। प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ गतेदेखि सुरू हुंदैछ।

 

प्रकाशित: ५ माघ २०७७ १२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App