१६ चैत्र २०८० शुक्रबार
राजनीति

दुगड प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार

पूर्व उद्योग राज्य मन्त्री मोतिलाल दुगड प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । ओलीले केही समय अघि उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री दुगडलाई मन्त्री पदबाट हटाएका थिए ।  

मन्त्री हटाइएको दुगडलाई पुस २९ गतेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो । नेकपा भित्रको विवादले पार्टी फुटको अवस्था आएपछि दुगडलाई राज्य मन्त्रीबाट हटाएर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुर्नगठन गरेका थिए ।

दुगडलाई अवैतनिक विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको मुख्य सचिव शंकरदास बैरागीले दुगडलाई दिएको पत्रमा उल्लेख छ । अवैतनिक सल्लाहकार भएकाले दुगडले सरकारी सेवा सुविधा लिने छैनन् ।  

यस अघि प्रधानमन्त्रीको आर्थिक सल्लाहकार पूर्वअर्थमन्त्री डा.युवराज खतिवडा थिए । खतिवडा अमेरिकाको राजदूत भएपछि पद रिक्त थियो ।

प्रकाशित: ४ माघ २०७७ १३:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App