१६ चैत्र २०८० शुक्रबार
राजनीति

अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको हुँ : प्रधानमन्त्री ओली

फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको बताएका छन् । अखिल नेपाल महिला सघ (अनेमसं) को दोस्रो केन्द्रीय कमिटीको बैठकमा उनले देश बर्वाद हुनबाट बचाउन आफूले प्रतिनिधिसभा विघटन सिफारिस गरेको बताएका हुन् ।  

‘संविधानमा राष्ट्रपतिले सरकारको सिफारिशमा काम गर्ने व्यवस्था छ, अहिले त्यसअनुसार नै भएको हो’, उनले भने, ‘कमीकमजोरी कुरा गर्ने हो भने मसँग भन्ने हो, राष्ट्रपतिले हेर्ने होइन ।’  

पार्टी र आन्दोलनमा एउटा महान् शुद्धीकरण गर्ने अवसर प्राप्त भएको उनको भनाइ छ । रासस 

प्रकाशित: ४ माघ २०७७ १३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App