१६ चैत्र २०८० शुक्रबार
राजनीति

केपी ओली सानो गुटका नेता हुन : माधव नेपाल

फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली मदन भण्डारी फाउन्डेशन अध्यक्ष जस्तै सानो गुटको नेता भएको दाबी गरेका छन् । ओली पार्टी एकीकरण लगायतमा कुनै योगदान नभएकाले ओली सानो गुट उन्मुख भईरहेको उनले बताए ।  

नेपाल कम्युनिस्ट पार्टीको वृहतकार्यकर्ता तथा प्रशिक्षण कार्यक्रमलाई आइतबार माधवकुमार नेपालले सम्बोधन गर्ने ओलीलाई धुन्धकारीको संज्ञा दिए ।  

झापा आन्दोलनको स्मरण गर्दे पार्टीमा पंक्तिमा विभिन्न किसिमका बाध अड्चन गरेर रुवाईरहेको उनको भनाई छ । ‘घरका केटा केटी बिठ्याई गर्दा लुकाएर राखेजस्तै गरी केपी ओलीले गरेका बदमासीलाई जहिल्यै लुकाउँदा ठूलो दुर्घटना गराए’, उनले भने ।  

ओलीले आफु खुशी काम गरेर, जनताका समस्यालाई बेवास्ता गर्दा सिंगो मुलुक अफ्ठ्यारोमा परेको उनले जिकिर गरे ।

ओलीको अराजक, निरंकुश कार्यशैलीको विरोध गर्दा संसद बिघटन गरेर कम्युनिस्ट सक्नका लागि संसद बिघटन गरेको वताए । कार्यक्रममा अध्यक्ष नेपालले पार्टी भित्रको विवादलाई लिएर असंवैधानिक कदम चालेर प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको हत्या गरेको आरोप समेत लगाए । बृहतकार्यकर्ता तथा प्रशिक्षण कार्यक्रममा नेता वर्षमान पुनले ओली अबैधानिक प्रधानमन्त्री भएको वताए । कार्यक्रमलाई संसोधन गर्ने क्रममा नारायणकाजी श्रेष्ठ, युवराज ज्ञवाली, पूर्ण कुमारी सुवेदी, ओनसरी घर्तीको ओलीले असबैधानिक कदमको चर्को बिरोध गरेका थिए । कार्यक्रममा प्रचण्ड–माधव समूहका अर्का अध्यक्ष पुष्प कमल दाहालले सम्बोधन गर्ने भनिए पनि दाहाल उपस्थित भएनन् ।

प्रकाशित: ४ माघ २०७७ १०:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App