६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रतिगमनलाई रोक्न संसद विघटन नै उत्तम विकल्प : गृहमन्त्री थापा

गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले  देशलाई समृद्धिको दिशामा लगिरहेको नेकपालाई विभाजन गर्न प्रतिगामी शक्ति लागि परेकोले प्रतिगमनलाई रोक्न संसद विघटन नै उत्तम विकल्प रहेको बताएका छन् । नेकपा ओली समुहले  धनकुटामा आयोजना गरेको वृहतकार्यकार्ता भेलालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।  

राष्ट्रियताको आन्दोलनमा एक भएर लड्नु पर्ने बेलामा प्रचण्ड–माधवको  अपवित्र गठबन्धनले अहिलेको  अवस्था आएकोसमेत उनले आरोप लगाए । राष्ट्रिय स्वाधिनता र राष्ट्रिय एकताका लागि चुनावको विकल्प भन्दा अर्काे विकल्प नगरहेको उनले जिकिर गरे ।  

गृहमन्त्री थापाले जनताको बीचमा संघीयगणतन्त्रको नारा लिएर जाने उल्लेख गर्दै संसद पुर्नस्थापनाको नारा लिएर हिड्नेहरु पश्चागामी भएको उनले आरोप लगाए । प्रधानमन्त्रीले राजनितिक ‘कू’ गर्ने षड्यन्त्र भएको थाहा भएपछि संसद विघटन गरेको उनले बताए । 

प्रकाशित: ३ माघ २०७७ १२:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App