गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले देशलाई समृद्धिको दिशामा लगिरहेको नेकपालाई विभाजन गर्न प्रतिगामी शक्ति लागि परेकोले प्रतिगमनलाई रोक्न संसद विघटन नै उत्तम विकल्प रहेको बताएका छन् । नेकपा ओली समुहले धनकुटामा आयोजना गरेको वृहतकार्यकार्ता भेलालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
राष्ट्रियताको आन्दोलनमा एक भएर लड्नु पर्ने बेलामा प्रचण्ड–माधवको अपवित्र गठबन्धनले अहिलेको अवस्था आएकोसमेत उनले आरोप लगाए । राष्ट्रिय स्वाधिनता र राष्ट्रिय एकताका लागि चुनावको विकल्प भन्दा अर्काे विकल्प नगरहेको उनले जिकिर गरे ।
गृहमन्त्री थापाले जनताको बीचमा संघीयगणतन्त्रको नारा लिएर जाने उल्लेख गर्दै संसद पुर्नस्थापनाको नारा लिएर हिड्नेहरु पश्चागामी भएको उनले आरोप लगाए । प्रधानमन्त्रीले राजनितिक ‘कू’ गर्ने षड्यन्त्र भएको थाहा भएपछि संसद विघटन गरेको उनले बताए ।
प्रकाशित: ३ माघ २०७७ १२:४८ शनिबार