८ वैशाख २०८१ शनिबार
राजनीति

बाजुराका ९ स्तानीय तहमा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन

नेपाली कांग्रेस बाजुराले जिल्लाका नौ वटा स्थानीय तहमा सरकारविरुद्ध प्रदर्शन गरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले ओली सरकारको जनविरोधी कदमको विरोध गर्दै सदरमुकाम मार्तडीसहित नौ वटा स्थानीय तहका केन्द्रमा विरोध प्रर्दशन गरेको हो ।

संसद विघटनको असवैधानिक कदमको खारेजी गर, केपी ओलीको तानाशाहा निरंकुशतावादी शैली मुर्दावाद भन्ने नारा सहीत काँग्रेस कार्यकर्ता विरोधमा उत्रिएका हुन् । संविधानलाई नै हत्या गर्ने गरी ओली सरकारले चालेको कदमको विरुद्धमा आन्दोलन गर्नु परेको कांग्रेस नेतृ जुना दानीले बताएकी छन् ।

नेपाल महिला संघका केन्द्रीय सदस्य समेत रहेकी दानीकै अगुवाईमा बडीमालिका नगरपालिकामा विरोध कार्यक्रम गरिएको हो । जिल्लामा उपलब्ध नेताहरुले प्रत्येक स्थानीय तहको अगुवाई गरेका छन् ।  

कांग्रेसले ओली सरकारलाई कामचलाउ भन्दै कुनै निर्णण गर्ने अधिकार नभएको बताएका छन् । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर तानाशाहा शैलीको प्रर्दशन मात्र नगरेर संविधानलाई नै लत्याएर महाराज बन्न खोजेको आरोप विरोध प्रर्दशनमा सहभागी कांग्रेसलेहरुले बताएका छन् ।

सरकार र ओलीका विरुद्धमा चर्का नारा जुलुस सहीत जिल्लाका मार्तडी, कोल्टी, कुल्देवमाण्डौ, तोली, डोगडी, घटमुना, धुलाचौर, जुड्डी र पीलुचौरमा विरोध कार्यक्रम गरिएको काँग्रेस बाजुराले जनाएको छ ।

मार्तडीमा आयोजित सभामा कांग्रेस नेतृ जुना दानी, बडिमालिकाका नगर प्रमुख काँग्रेस नेता पदम बडुवाल सहीतले संबोधन गरेका छन् । केपी ओली भ्रष्टचार कुशासक र अधिनाकवादीसमेत आरोप विरोध सभामा बोल्ने अधिकांश कार्यकर्ताको थियो ।  

नेपाली कांग्रेस केन्द्रिय समितिको कार्यक्रम अनुरुप देशभरका ७ सय ५३ वटै स्थानीय तहमा  विरोध प्रर्दशन गर्ने कार्यक्रम अनुरुप डोल्पामा पनि प्रदर्शन गरिएको नेपाली कांग्रेसले बताएको छ । प्रत्येक टोल बस्तीबाट पालिकाका केन्द्रमा कार्यकर्ता उतारेर काँग्रेसले विरोध प्रर्दशन सहीत कोण सभा आयोजना गरिएको छ ।

कांग्रेस कार्यकर्ताले सर्वसत्तावाद ओली सरकार मुर्दावाद, प्रष्टचारी सरकार मुर्दावाद संसद विघटनको असवैधानिक कदम खारेज गर भन्ने नारा लगाएका थिए । जनताको आन्दोलनबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्नुको सट्टा संघीय संसद नै विघटन गरेर संविधान र संघीयताको नै हत्या गरेको आरोप काँग्रेस नेताहरुले लगाएका छन् ।

प्रकाशित: ३ माघ २०७७ ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App