coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संसद पुर्नस्थापना भए सदनमा, नभए चुनावमा : कांग्रेस नेता पाण्डे

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले अदालतले संसद पुर्नस्थापन गरे नेपाली कांग्रेस संसदमा जाने बताएका छन् । संसद विघटन गर्ने सरकारको निर्णय विरुद्ध गोरखा नगर समितिले शनिबार आयोजना गरेको सभामा बोल्दै उनले भने ‘सर्वोच्च अदालतले संसद विघटन ग¥यो भने चुनावमा नभए संसदमा गएर जनताको मुद्धा उठाउँछौँ ।’  

संसद बिघटन गर्नु असवैधानिक कदम भएको बताउँदै उनले यसको अन्तिम निर्णय गर्ने अधिकार अदालत भएकाले अदालतले गर्ने निर्णय कांग्रेसले स्वीकार गर्ने बताए । अदालतको फैसला नआउँदा सम्म भने कांग्रेसले चरणवद्ध आन्दोलन गरिरहने उनले बताए । ओली र प्रचण्ड–माधव पक्षधर नेकपाले कांग्रेसलाई प्रधानमन्त्रीको लोभ देखाउँदैमा कांग्रेस बहकिन नहुने बताउँदै उनले आफ्नो बिचार र सिंद्धान्तमा अडिक हुनुपर्ने धारणा राखे ।

‘बाबुराम, केपी, माधव, प्रचण्डले जे सुकै भनुन्’ उनले भने ‘कसैको बुई चढ्न र कसैलाई खसाल्ने कांग्रेसले जानेको छैन, जनताको मुद्धालाई लिएर अघि बढ्छौँ ।’ लोकतन्त्र, गणतन्त्र मान्ने नेताले आफैँले बनाएको संविधान मान्नुपर्ने बताउँदै नेकपाका नेतालाई लक्षित गर्दै उनले भने ‘प्रजातन्त्रीक परिपाटी मान्ने नेताले अदालतको फैसला मान्नुपर्छ ।’

कम्युनिस्ट पार्टीले जनतालाई झुटो आश्वासन बाँडेर भ्रम छरेको बताउँदै उनले अहिले नेता र उनका परिवारले मुक्ति पाएको तर जनताले नपाएको आरोप लगाए । ‘बन्दुक बोक्ने केही मन्त्री भए, कोही प्रधानमन्त्री भए, उनका छोरी, ज्वाईँ, आफन्त सबैले मुक्ति पाए, सँगै बन्दुक बोक्ने गाउँका सोझा जनता के भए ?’ उनले प्रश्न गरे । 

प्रकाशित: ३ माघ २०७७ ११:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App