७ वैशाख २०८१ शुक्रबार
राजनीति

ओलीले आफूलाई संविधानभन्दा माथिको ठानेर काम गरिरहेका छन् : डा. गोविन्द केसी

फाइल तस्वीर

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले संवैधानिक व्यवस्थाविपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन्। संसद् विघटनविरूद्ध शनिबार माइतीघरमा आयोजित नागरिक आन्दलोनलाई सम्बोधन गर्दै डा. केसीले सत्ता बचाउनको लागि ओलीले एउटा संवैधानिक अगंलाई भंग गरिदिएको बताए।

यस्तै प्रधानमन्त्री ओलीले भ्रष्टाचार, अपराध, दलाली, धाँधली गरेको र त्यस्तो गर्नेह?लाई संरक्षण दिएको डा. केसीको आरोप छ। ओलीले आफूलाई संविधानभन्दा माथि रहेको ठानेर काम गरिरहेको उनको दाबी छ।

अर्को प्रसंगमा डा. केसीले प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा अदालतमा विचाराधीन रहेको र न्यायालय जनताको निगरानीमा रहेको बताए। उनले संसद् विघटन भइसकेको अवस्थामा संविधानको रक्षा गर्ने काम अब न्यायालयको भएको बताए। डा. कसीले न्यायालयमाथि कसैले हस्तक्षेप नगर्न समेत आग्रहम गरे।

प्रकाशित: ३ माघ २०७७ ११:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App