८ वैशाख २०८१ शनिबार
राजनीति

सबै स्थानीय तहमा कांग्रेसको विरोध प्रर्दशन

कांग्रेसले शनिबार पोखरामा गरेको विरोध प्रदर्शन । तस्बिरः उमेश पुन÷नागरिक

संसद विघटन विरुद्ध कांग्रेसले शनिबार सबै स्थानीय तहमा विरोध प्रदर्शन आयोजना गरेको छ । कास्कीको पाँचठाउँमा कांग्रेसले विरोध प्रदर्शन गरेको छ ।  

प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरुद्ध कांग्रेसले शनिबार विरोध प्रदर्शन गरेको कांगे्रस कास्कीका प्रवक्ता नवीन सिग्देलले बताए । कास्कीका चारवटा गाउँपालिका र एउटा महानगरपालिकामा विरोध प्रदर्शन भएको उनले बताए ।  

कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार अपिल जारी गर्दै संसद विघटन विरुद्ध देशका सबै ७५३ स्थानीय तहमा विरोध प्रदर्शन आयोजना गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए ।  

यसअघि कांग्रेसले प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । ‘संसद विघटनको कार्यलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक कदम भनेको छ,’ सिग्देलले भने, ‘जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस उत्रिएको हो ।’

प्रकाशित: ३ माघ २०७७ ०८:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App