coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मैले जे बोले त्यहि कानुन हो भन्ने ओलीको मनसायलाई जनताले स्वीकार्दैनन्ः डा. कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली अराजक बनेको आरोप लगाएका छन्। शनिबार विराटनगरमा आयोजित मानवअधिकार तथा शान्ति समाज मोरङको साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले प्रधानमन्त्री अराजक बनेको आरोप लगाएका हुन्।  

मैले जे बोले त्यहि हो संविधान र कानुन भन्ने ओलीको मनसाय नेपाली जनताले नस्विकार्ने कोइरालाले स्पष्ट पारे। उनले भने‘मैले जे बोले त्यहि कानुन हो भन्ने ओलीको मनसायलाई नेपाली जनताले कुनै हालतमा स्वीकार्दैनन्।’ ओलीलाई स्वेच्छाचारी र अराजक बनाउन माधव नेपाल र प्रचण्डको पनि भूमिका रहेको  कोइरालाको भनाइ छ। उनले भने‘ओलीले असंवैधानिक काम गर्दा माधव नेपाल र प्रचण्डले  बचाउ गरेर थप असंवैधानिक कदम चाल्न प्रोत्साहित गर्नुभयो।’ कोइरालाले कांग्रेसले संसद पुनःस्थापनाको पक्षमा रहेकाले ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेर आन्दोलनमा उत्रिएको स्पष्ट पारे।  

मानअधिकारवादी नेता कृष्ण पहाडीले अदालतले संसद पुनःस्थापनाको निर्णय गरे हाल देखिएको आधा समस्या समाधान हुने बताए। अदालतले फोहोर नखाए संसद पुनःस्थापना हुने पहाडीको दाबी छ। ‘प्रधानमन्त्रीको कदम असंवैधानिक हो भन्ने सबैलाई थाहा भइसकेकाले अदालतलाई थाहा नहुने कुरै भएन,’ उनले भने‘अदालतले  फोहोर नखाए संसद पुनःस्थापनाको निर्णय गर्छ।’ उनले संविधान विपरितको काम गरेर प्रधानमन्त्रीले दलिय व्यवस्थामा निर्दलिय चरित्र देखाएको आरोप लगाए। पार्टीका नेता,कार्यकर्ताले काम गर्न नदिएपछि र दलभित्र किचलो भएपछि प्रतिनिधिसभा विघटन  गरेको अभिव्यक्ति दिएर प्रधानमन्त्रीले बहुदलिय व्यवस्थामा निर्दलिय चरित्र देखाएको पहाडीको आरोप छ।  

कार्यक्रममा प्रदेश १ का पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरे, जनतासमाजवादी पार्टी प्रदेश १ का संसदीय दलका नेता जयराम यादव, मानवअधिकारबादी सोमराज थापालगाएतले प्रधानमन्त्रीले असंबैधानिक र अलोकतान्त्रिक कदम चालेकाले संसद पुनःस्थापना गरी असंवैधानिक कदम सच्याएर नेपालको राजनीतिलाई सहि ट्याकमा ल्याउनुपर्ने धारणा राखे।

प्रकाशित: ३ माघ २०७७ ०८:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App