प्रधानमन्त्री केपी ओलीले संसद बिघटन गरे पछि कांग्रेस नेताहरुको दुई थरी कुरा आईरहेका बेला नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डिला संंग्रौलाले कांग्रेस बिभाजन नभएको दाबी गरेकी छिन ।
कांग्रेसले ओलीको कदमलाई गलत भएको भन्दै सर्वोच्च अदालतको निर्णयलाई मान्ने बताएकी छिन । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले तौलिहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेतृ संग्रौलाले ओलीको सो कदमले संबैधानिक संकट उत्पन्न गराएको बताईन ।
उनले ओलीको कदम बिरुद्ध कांग्रेसले देश ब्यापीहरुपमा बिरोधका कार्यक्रम गर्नुका साथै निर्वाचनकालागि समेत तयार भएको बताईन । असंबैधानिक रुपमा गरिएको प्रतिनिधीसभा संसद बिगठनको बिरुद्ध पार्टीले वडास्तरको बिरोध कार्यक्रम अगाडी बढाएको स्पष्ट पार्दै काँग्रेसले संबिधानको रक्षालाई प्राथमिकतामा राखेको बताईन ।
संसद बिगठन गर्न नपाउने बिषयमा पुर्व सभामुख सुवास नेम्वाङ्ग र महान्याधिवक्ता अग्नि खरेलले केहि समय राखेको बिचारको भिडियो अहिले चर्चामा आउनुले सो कार्य असंबैधानिक भएको प्रष्टिएको संग्रौलाको भनाई थियो ।
प्रकाशित: २ माघ २०७७ १३:५३ शुक्रबार