२२ फाल्गुन २०७७ शनिबार
राजनीति

दुई तिहाईको सरकार चलाउन नसक्ने ओलीले चुनाव गराउँदैनन् : बाबुराम भट्टराई

फाइल तस्वीर

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दुई तिहाईको सरकार चलाउन नसक्ने केपी ओलीले चुनाव गराउन नसक्ने बताएका छन् । शुक्रबार गृहजिल्ला गोरखामा पत्रकार भेटघाटका क्रममा बोल्दै उनले भने ‘दुई तिहाईको जनमत प्राप्त सरकार पाँच वर्ष चलाउन नसक्नेले कसरी चुनाव गराउँछन ?’  

केपी ओली अदालत, अन्य सवैधानिक निकायमा हस्तक्षेप जमाएर बसेको र छोड्ने छाँटकाँट नभएकाले देश पूर्ण रुपमा प्रतिक्रान्ति तिर जाने खतरा भएको उनले बताए । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद विघटनको बिरुद्धमा स्पष्ट धारणा बनाउन नसकेकोसमेत उनले बताए । ‘हामी सबै राजनीतिक दलले संसद बिघटन बिरुद्ध संयुक्त आन्दोलन गर्नुपथ्र्यो’ उनले भने ‘त्यस्तो हुन सकेको छैन, कांग्रेस धर्मराएर बसेको छ, नेकपाको प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री संग निर्णायक संम्बन्ध विच्छेद गरिसकेका छैनन् ।’  

संसद पुनःस्थापना गर्न अदालतले विघटनको निर्णय खारेज गरिदिए सहज हुने बताउँदै उनले भने ‘अदालतमा बहस छलफल गम्भिरता पुर्वक भएको छैन त्यसैले अदालतबाट पनि धेरै आशा गर्ने ठाउँ छैन ।’ अदालत र प्रतिनिधि सभाले संसद विघटन गर्ने निर्णय खारेज गरिदिए सहज हुने उनले बताए ।  

यस अघि विभिन्न कालखण्डमा संसद विघटन गर्ने प्रवृत्ती हटाउन संविधानमा नै उक्त प्रावधान स्पष्ट पारिएको र प्रधानमन्त्री एक्लैले संसद बिघटन गर्न नसक्ने भट्टराईले दावी गरे । साथै उनले संसद विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीलाई दण्डित गर्नुपर्ने बताए ।  गोरखा जिल्लाको विकास निर्माणले गती लिन नसकेको निष्कर्र्षसहित तीन महिना अघि यहाँका राजनीतिक दल, कार्यालय प्रमुख र निर्माण व्यवसायीसँग छलफल गरेका उनी शुक्रवार दोस्रो पटक सोही छलफलका लागि गोरखा आएका हुन् । ‘पहिले भन्दा केही विकास निर्माणका योजना सुरु भएपनि बन, बिजुलीको पोल लगायतका कारण ढिला भएको छ’ उनले भने ‘बिकास निर्माणमा अझै सन्तोष गर्ने ठाउँ छैन ।’ आफुले जिल्लाको समग्र विकास निर्माण, गौरबका योजनाको पुन निर्माणका बारेमा निरन्तर अनुगमन गर्ने उनले बताए ।  

प्रकाशित: २ माघ २०७७ १९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App