coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओलीको पार्टी सडकको धुलो छाप पार्टी हुनेछ : माधव नेपाल

फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओली नेतृत्वको पार्टी सडकको धुलोमा परिणत हुने दाबी गरेका छन्। काठमाडौं जिल्ला कमिटीले प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिस्ट सोच र संस्कृति नभएको नभएको पार्टी धुलोमा परिणत हुने जिकिर गरेका हुन्।

‘डमरु बजाउँदै, टिकट बाँड्दै हुनुहुन्छ! केन्द्रीय सदस्य बनाउँदै हुनुहुन्छ। सुन्दैछु, २५ सय केन्द्रीय सदस्य पुग्यो, कम्तीमा पनि त्यो पाँच हजार पुग्नेछ। तर, उहाँलाई छोड्नेहरुको पनि लहर बढ्दैछ। अब त्यो पार्टी सडक छाप पार्टी मात्र होइन सडकको धुलो छाप पार्टी हुनेछ’, नेता नेपालले भने।

केपी ओली विध्वंशकारी व्यक्ति उनको दाबी छ। ओलीले समस्या मात्र खडा गर्ने गरेको उनले आरोप लगाए। ‘उहाँ विध्वंशकारी मान्छे हो। उहाँ विध्वंशकारी मन पराउनुहुन्छ। उहाँलाई रचनात्मक प्रश्नसँग मतलव छैन। उहाँलाई बिगार्ने र भत्काउने कुरासँग मात्र मतलब छ,’ उनले भने,‘ओलीलाई समस्या निम्त्याउन बाहेक अरु केही आउँदैन। उहाँले जेलमा हुँदा जेलमा समस्या खडा गर्नुभयो। पछि जेलबाट छुटेर आउनुभयो। छुटेर आएदेखि नै हैरानी पार्न थाल्नुभयो। पछि मदन भण्डारीको निधन भइसकेपछि गुट नै सञ्चालन गर्न थाल्नुभयो।’

प्रकाशित: २९ पुस २०७७ १२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App