७ वैशाख २०८१ शुक्रबार
राजनीति

पार्टीको नाम र सुर्य चिन्ह हाम्रो नभए देशमा आँधीहुरी आउँछ : प्रचण्ड

फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नाम र सुर्य चिन्ह आफूहरुको हुने दाबी गरेका छन्। काठमाडौं जिल्ला कमिटीले प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले निर्वाचन आयोग विधिसम्मत निर्णय गर्ने र पार्टीको नाम र सुर्य चिन्ह आफूहरुको हुने दाबी गरेका हुन्। उनले आफूहरुको पार्टीले आधिकारिता नपाएमा ‘आँधी हुरी आउने’ समेत चेतावनी दिए।

‘निर्वाचन आयोगले संविधान, नीति नियम, विधि र विधानभन्दा बाहिर गएर निर्णय गर्ने छैन। हाम्रो पार्टीको नाम र सुर्य चुनाव चिह्न हाम्रै हुनेछ। यदि त्यसो भएन भने यहाँ आँधीहुरी बतास आउँछ,’ अध्यक्ष प्रचण्डले भने, ‘केपी ओलीले संविधान मिचेजस्तै गरेर यदि अरु संवैधानिक निकायले पनि त्यही गरे भने यो देश, यी नेपाली जनता हेरेर बस्दैननन्। आँधी, हुरी आउँछ।’  

उनले व्यक्ति सर्वेसर्वा कहिल्यै नुहने उल्लेख गर्दै विधानमा लेखिएको कुरा आधिकारि हुने बताए। ‘व्यक्ति सर्वेसर्वा कहिल्यै हुँदैन, बहुमतको निर्णय सबैले मान्नुपर्छ भन्ने विधानमा नै लेखिएको छ। बहुमतको निर्णय पार्टीको निर्णय हुन्छ,’ उनले भने।

उनले आफूलाई निर्वाचन आयोग र सर्वोच्च अदालतमाथि विश्वास भएको समेत दोहोर्‍याए।

प्रकाशित: २९ पुस २०७७ ०९:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App