coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रपति र प्रधामन्त्रीलाई मदन भण्डारीको हत्यारा पत्ता लगाउन नेता शर्माको चुनौति

तस्वीरः हिमाल शर्माको फेसबुकबाट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका केन्द्रीय कमिटी सदस्य हिमाल शर्माले मदन भण्डारीको नाम बेचेर प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तामाथि ‘ब्ल्याकमेल’ गरिरहेको आरोप लगाएका छन्। काठमाडौं जिल्ला कमिटीले प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मदन भण्डारीको नाम लिएर खेल्नुभन्दा उनको विचारधारालाई विकास गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे।

काठमाडौैं जिल्ला कमिटी सचिव समेत रहेका शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई मदन भण्डारीको हत्यारा पत्ता लगाउन समेत चुनौति दिए। उनले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली प्रतिगमनको बाटोमा लागेको जिकिर गरे।  

‘प्रधानमन्त्री ज्यू र राष्ट्रपति ज्यू तपाईंहरु अहिले मिल्नुभएको छ। तपाईंहरु मिलेको बेला मदन भण्डारीको हत्यारा पत्ता लगानुभएको राम्रो हुन्थ्यो होला,’ उनले भने, ‘हामी तपाईंहरुलाई सलाम  गर्थ्याैं होला तर तपाईंहरु त प्रतिगमनको बाटोमा लाग्नुभएको छ।’

उनले प्रधानमन्त्रीको उखान टुक्काले देश नचल्ने समेत ठोकुवा गरे। ‘केपी ओलीका उखान टुक्काले देश चल्दैन, उखान टुक्का सुनेर हामी दिक्क भइसक्यौं,’ उनले भने।

प्रकाशित: २९ पुस २०७७ ०८:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App