५ वैशाख २०८१ बुधबार
राजनीति

केपी ओलीभन्दा माधव नेपाल हजार गुणा बढी क्रान्तिकारी : प्रचण्ड

फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव कुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा हजार गुणा बढी क्रान्तिकारी  भएको बताएका छन्। मंगलबार पोखरामा आयोजित प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेता नेपाल हरेक कोणबाट ओलीभन्दा अगाडि रहेको बताएका हुन्।

‘मैले माधव कमरेडलाई पञ्चायत विराधी आन्दोलनबाटै चिनेको हुँ, केपी ओलीभन्दा माधव नेपाल हजार गुणा इमान्दार, हजार गुणा पारदर्शी, हजार गुणा सुशासन पक्षधर र हजार गुणा बढी क्रान्तिकारीको हुनुहुन्छ,’ उनले भने,‘गणतन्त्रबारे ओलीको धारणा सबैले बुझेकै छन्, केपी ओलीको उद्देश्य इमान्दारिताको रहिनछ।’

अर्को प्रसंगमा उनले तत्कालीन माओवादी र एमाले एकीकरणका क्रममा वामदेव गौतमको महत्वपूर्ण भूमिका रहेको र आफूले प्रस्ताव लिएर गएको बताए।

प्रकाशित: २८ पुस २०७७ ११:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App