coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

विवेकशिल पार्टीले गर्‍यो दाँत माझेर प्रदर्शन

विवेकशील पार्टीले आज माइतीघर मण्डलामा असंवैधानिक संसद विघटन तथा अधिनायकवादविरुद्ध दाँत माझेर प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि राष्ट्रिय सभाको रोष्ट्रममा उभिएर थुकेका थिए। जुन सार्वजनिक स्वास्थ्यको लागि हानिकारक भएको भन्दै विवेकशील पार्टीले दाँत माझेर प्रदर्शन गरेको हो।

विवेकशील पार्टीले प्रधानमन्त्री ओलीले त्यसरी राष्ट्रिय सभाको रोष्ट्रममा थुक्नुले लोकतन्त्र, गणतन्त्र र त्यसको अभ्यासको थलो संसदमाथि थुक्न खोजेको भन्ने पनि प्रश्न उठेको बताको छ।

देशको नेतृत्व गर्ने जस्ता अनुकरणीय व्यक्तिले गर्ने कामले धेरैलाई प्रभावित पार्ने भएकाले पनि प्रधानमन्त्रीलाई आफ्ना सार्वजनिक गतिविधिमाथि ध्यान दिन पनि आग्रह गरेको छ।  

पार्टीले हरेक दिन माइतीघर मण्डलामा संसद विघटनको असंवैधानिक कदम तथा अधिनायकवादविरुद्ध प्रदर्शन गर्दै आएकोे छ।

प्रकाशित: २८ पुस २०७७ ०८:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App