coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीले झण्डा हल्लाएर हिँड्नु भ्रम मात्रै : पूर्वमन्त्री शर्मा

प्रतिनिधिसभा विघटनकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीको शक्ति ह्रास भएको पूर्वगृहमन्त्री तथा प्रचण्ड–माधव नेकपा समूहका नेता जनार्दन शर्माले बताएका छन्। प्रधानमन्त्री ओलीले झण्डा हल्लाएर हिँड्नु जनतालाई भ्रममा पार्नलाई मात्र भएको उनको भनाइ छ।

सोमबार कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री ओलीको शक्ति ह्रास भएको ओरोप मात्र नभइ सत्य र तथ्य भएको दाबी गरे।  प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध सबै राजनीति दलहरु मोर्चाबन्दी गरेर जानु पर्ने भन्दै उनले भने, ‘अर्काको स्वामित्व स्वीकार्न नगर्नेलाई परास्त गरी नयाँ किसिमले जानुपर्छ। ’ ‘सीमित नेताको स्वामित्व परास्त गर्नुपर्छ,’ उनले भने, ‘अनि एकले अर्काको स्वामित्व र सहअस्तित्व स्वीकार गर्ने गरेर संसद् पुन:स्थापना गरौं।’

प्रचण्ड–माधव समूहका कर्णाली प्रदेश इन्चार्जसमेत रहेका शर्माले कर्णाली प्रदेश सरकार पुनर्गठन हुने बताए।  प्रदेश सरकार गठन गर्दा दलितलगायत अन्य समुदायको प्रतिनिधित्व छुटेको भन्दै उनले भने, ‘योग्यभित्रका पनि उपयुक्त व्यक्तिलाई ल्याउँछौं। ’ नेकपा विवादपश्चात दुई भागमा विभाजन भएपछि ओली समूहबाट प्रचण्ड–माधव समूहमा आएका दुईमन्त्रीलाई फेरबदल गर्ने भन्ने विषयमा भने उनले स्पष्ट जवाफ दिएनन्।  

 

 

 

 

 

प्रकाशित: २७ पुस २०७७ ११:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App