coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

उपप्रधानमन्त्री पोखरेललाई कालोझण्डा, अखिलका केन्द्रीय सदस्य पक्राउ

यादवलाई पक्राउ गर्दै प्रहरी।

उपप्रधानमन्त्री इश्वर पोखरेललाई बारामा विद्धार्थीले कालो झण्डा देखाएका छन्। कालो झण्डा देखाएको आरोपमा अनेरास्ववियूका एक जना नेतालाई  प्रहरीले पक्राउ गरेको छ।  

पक्राउ पर्नेमा अखिलका केन्द्रीय सदस्य दिनेश कुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।  

उपप्रधानमन्त्री चढेको गाडी कलैया प्रवेश गरि रहेको अवस्थामा यादवको नेतृत्वमा रहेकाहरुले देवकोटा चोकमा कालो झण्डा देखाएका थिए।  

पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय कलैयामा राखिएको उनले बताए। कलैयामा नेकपा ओली समूहको कार्यक्रमलाई सम्वोधन गर्न पोखरेल कलैया आएका हुन्।  

उपप्रधानमन्त्री पोखरेल कलैयामा आउने भए पछि कलैयाका सुरक्षा व्यवस्था सोमबार बिहानैदेखि कडा बनाइएको छ।

 

 

प्रकाशित: २७ पुस २०७७ ०८:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App