८ वैशाख २०८१ शनिबार
राजनीति

प्रधानमन्त्री ओली संघीयता विरोधी हुन् : जसपा अध्यक्ष ठाकुर

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता विरोधी भएको बताएका छन।  प्रेस नेपालले आज भैरहवामा गरेको पत्रकार भेटघाटमा बोल्दै ठाकुरले प्रम ओली समग्र संघीयताकै विरोधी भएको बताए। ‘ओलीजी शुरुदेखि नै संघयीता विरोधी हो, हामीले उहाँलाई मधेशमा बहिस्कार पनि गरेका हौं।  ‘अहिलेको सरकार नै संघीयता विरोधी छ’अध्यक्ष ठाकुरले भने।  

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतप्रति पूर्ण विश्वास गर्दै पर्ख र हेरको स्थितिमा रहेको उनले बताए।  यद्दपी संसद पुन:स्थापना नभएर चुनावमा जानु परेपनि पार्टी तयार रहेको उल्लेख गरे।  ‘हामी पर्ख र हेरको स्थितिमा छौं। अदालतप्रति पूर्ण विश्वास भएकाले अगाडिको रणनीति त्यसपछि मात्र निर्धारण गर्ने छौ’ अध्यक्ष ठाकुरे भने।  ‘तर हामी चुनावबाट भने  भाग्ने छैनौं यस विषयमा पार्टीमा एकमत छ’ ठाकुरले भने।  

तत्कालीन मधेशवादी दलहरुसँग गरिएका सहमति उल्लंघन गरेर संविधान बनाइएकाले आफ्नो पार्टीले शुरुदेखि नै संविधान त्रुटिपूर्ण छ भन्दै संशोधन हुनुपर्ने माग राख्दै आएको ठाकुरले स्मरण गरे।  प्रतिनिधि सभा विघटन असामयिक र संविधान विपरित भएकाले यसविरुद्ध आफ्नो पार्टीले सबैभन्दा पहिले आन्दोलन शुरु गरेको र विरोधमा जनताको व्यापक सहभागिता भएबाट आन्दोलन सफल भएको उनले दावी गरे।  

 

 

प्रकाशित: २६ पुस २०७७ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App