coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जम्मा चार दिन चलेर राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य

राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ। मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको जारी अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरे बमोजिम हिउँदे अधिवेशन अन्त्य भएको हो।  

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जारी हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन्।  

दुईवटा अधिवेशनबीचको अन्तर ६ महिनाभन्दा धेरै हुन नहुने संवैधानिक बाध्यताका कारण सरकारले पुस १७ गते राष्ट्रिय सभाको बैठक बोलाएको थियो। पुस १७ गते, पुस २३ गते, पुस २४ गते र पुस २६ गतेगरि जम्मा ४ पटक बसेको बैठकमा प्रतिनिधि सभा विघटनको चर्को आलोचना भएको थियो। 

नेकपाभित्रको असुन्तष्ट खेमा (प्रचण्ड–नेपाल) पक्षीय सांसदहरु र नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको चर्को आलोचना गरेका थिए।

प्रकाशित: २६ पुस २०७७ ०९:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App