७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रचण्ड–नेपाल निकट अनेरास्ववियूको 'रिक्सा बयलगाडा' प्रहरीले खोस्यो

तस्वीरः अमृत अधिकारीको फेसबुक वालबाट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले आज संसद् विघट्नविरूद्ध बयलगाडा प्रदर्शन गर्दैछ। प्रतिनिधि सभा विघटनको विरोध गर्दै आएका विद्यार्थीहरुले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै बयलगाडा प्रदर्शन गर्न लागेका हुन्।  

उनीहरुले काठमाडौंको माइतिघर मण्डला, झक्तपुरको सानोठिमीबाट बयलगाडा प्रदर्शन गर्ने तयारी गरेका छन्। यसअघि आज बिहान ९ बजेतिर ललितपुरको पाटनमा रिक्साको बयलगाडा बनाएर प्रदर्शन गर्न पुगेका विद्यार्थी र प्रहरीबीच केहीबेर तनावको स्थिति सिर्जना भएको थियो। प्रहरीले उनीहरुबाट रिक्साबाट बनाइएको सांकेतिक बयलगाडा खोसेको थियो।  

प्रचण्ड–नेपाल निकट अनेरास्ववियूको पुस २१ गते बसेको बैठकले संसद विघटनविरूद्ध दोस्रो चरणको आन्दोलन घोषणा गरेको थियो। जसअनुसार उनीहरुले आज बयलगाडा प्रदर्शन गर्न लागेका हुन्। 

प्रकाशित: २६ पुस २०७७ ०६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App