नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व मन्त्री चित्रलेखा यादवले जनताबाट चुनिएको बहुमतको सरकार चलाउन ढंग नपुगेर दुर्घटनामा परेको टिप्पणी गरेकी छिन्।प्रधानमन्त्री केपी ओली आफू जोगिनका लागि संसद विघटन गरेको उनको भनाइ छ।
बहुमतको सरकार भएपनि जनताको पक्षमा आँखा कान र मुख बन्द गरेको टिप्पणी गर्दै उनले भनिन ,‘किसानलाई मल, मजदुरलाई रोजगार दिलाउन यो सरकार असफल रह्यो।‘कोरोना संक्रमण नियन्त्रण, रोजगार गुमाएर स्वदेश फर्केका मजदुरलाई रोजगार, किसानलाई सहुलियतका मल उपलब्ध गराउन सरकार निस्क्रिय बन्यो’, उनले भनिन्।‘कम्युनिष्ट नेतृत्वको बहुमतको सरकार तीन वर्ष पार्टी भित्र झगडा गर्नमै बिताए’ सिरहाको औरहीमा विरोध सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘देश र जनता भन्दा पार्टी र पद्लाई प्राथमिकता दिएकोले देश यो अवस्थामा पुग्यो।पार्टीको झगडाका कारण संसद नै विघटन गरिनुले सरकारको प्राथमिकता प्रष्ट भएको उनले बताइन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेपाली कांग्रेस सिरहाले सिरहाको औरहीमा बोल्दै जिल्ला सभापति रामचन्द्र यादवले प्रधानमन्त्रीको कद्मलाई असंवैधानिक भन्दै विरोध गरेका थिए।जिल्लाको ८ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन सम्पन्न भएको यादवले बताए।प्रदर्शनमा सहभागि हुन कांग्रेसका कार्यकर्ता गाउँगाउँबाट उर्लिएका थिए।
प्रकाशित: २५ पुस २०७७ १९:५० शनिबार