१५ चैत्र २०८० बिहीबार
राजनीति

ओलीले गर्न नहुने काम गरे, अब सर्वोच्चको निर्णय नै अन्तिम : कमल थापा

तस्बिर : सन्देश/नागरिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर गर्न नहुने काम गरेको टिप्पणी गरेका छन् । राप्रपा कास्कीको झण्डोत्तन एवं चुनाव चिह्न अनावरण कार्यक्रमलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले नेकपाले दुई तिहाईको मत ल्याएपनि प्रधानमन्त्री ओलीले जनताको अभिमत लत्याएर गर्न नहुने काम गरेको बताएका हुन् । राप्रपा संसद विघटन गर्ने र पुर्नस्थापना गर्ने दुबै पक्षमा लाग्दैन’, उनले भने, ‘ओलीले गर्न नहुने काम गरे । संसद विघटनको औचित्य थिएन, तर प्रधानमन्त्री ओलीले गरे, अब सर्वाेच्चको निर्णय नै अन्तिम निर्णय हो, हामी पक्ष बिपक्षमा नलागी यसको निर्णय कुर्छाैं।’ सर्वाेच्चमा पुगिसकेको विषयमा टिकाटिप्पणी गर्न नहुने उनको भनाई थियो ।

अध्यक्ष थापाले नेकपाले जनमत लत्याएर जनतालाई धोका दिएको आरोप लगाए । पार्टी भित्रको आन्तरिक द्वन्द्वका कारण नेकपाले जनमतलाई तिरस्कार ग¥यो, गलत बाटोमा हिंडेकाले यस्तो भएको हो ।’ उनले हिन्दू राष्ट्र र राजसंस्था नमानी गलत बाटो र प्रणालीमा हिंडेकाले अहिलेको स्थिति निम्तिएकोसमेत दाबी गरे ।

राप्रपा अध्यक्ष थापाले संसद विघटन गर्ने कुरा गलत भएपनि यसले राप्रपालाई फाईदा भएको बताए । ‘राप्रपाको एजेण्डाबारे बुझाउने उपयुक्त समय मिलेको छ’, उनले भने, ‘चुनाव भए चुनाव, नभए सडकबाटै हाम्रो एजेण्डा स्थापित गर्ने मौका पाएका छौं ।’ उनले जनताको घर घरमा राजसंस्था र हिन्दू राष्ट्रसहित राप्रपाका एजेण्डा जनतालाई बुझाउन कार्यकर्ताहरुलाई निर्देशन दिए ।

राप्रपा अध्यक्ष थापाले पार्टीको महाधिवेशन चाँडै हुने भन्दै ईकाई, गा.पा., नगर, क्षेत्र र जिल्ला स्तरीय अधिवेशन फागुन मसान्तसम्म गरिसक्न निर्देशन दिए । ‘वैशाखमा चुनाव भए महाधिवेशन सर्ने, नत्र बैशाखको २५ गतेदेखि २८ गतेसम्म महाधिवेशन हुन्छ’, उनले भने ।सो अवसरमा राप्रपा अध्यक्ष थापाले पार्टीको झण्डोत्तलन गर्नुका सार्थ चुनाव चिह्न हलोको अनावरण गरेका थिए ।

प्रकाशित: २५ पुस २०७७ १३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App